Section 78
इजाजतपत्रप्राप्त संस्था सम्बन्धीे विवरण सार्वजनिक गर्ने
: (१) विभागले समय–समयमा यस ऐन बमोजिम इजाजतपत्र प्राप्त गर्ने संस्थाको नाम, ठेगाना, टेलिफोन नम्बर, प्रतिनिधि (एजेण्ट) नियुक्ति गरेको वा शाखा खोलेको भए सोको विवरण र इजाजतपत्रको अवधि समेतका विवरण उल्लेख गरी विभिन्न पत्रपत्रिका वा आफ्नो वेबसाइट मार्पmत सार्वजनिक गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवरण सार्वजनिक गर्दा कुनै इजाजतपत्रवालाउपर यस ऐन बमोजिमको कसूरमा अनुसन्धान कारबाही भैरहेको वा कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द गरिएकोभए सो समेत अध्यावधिक गर्नु पर्नेछ ।